Yeti Khabar

२०८१ बैशाख २४, सोमबार - Mon May, 2024 -

सुन्दरीजलमा टिपरको ठक्करबाट २ जना विद्यार्थीको मृत्यु

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजल दोबाटोमा टिपरको ठक्करबाट २ जना विद्यार्थीको मृत्यु भएपछि स्थानीयहरु आक्रोशित भएका छन् । बा.४ ख ६९६२ नम्बरको टिपरको ठक्करबाट आज बिहान ९ वर्षीया श्रेया तामाङ र ४ वर्षीया सृष्टिको मृत्यु भएको थियो ।

दुर्घटनापछि आक्रोशित स्थानीयले दुईवटा टिपर, जेसिबी र त्यहाँ सञ्चालित बालुवा वासिङ्गको टहरामा आगजनी गरेका छन् । करिब ७ सयभन्दा धेरै स्थानीय प्रदर्शनमा उत्रिएपछि काठमाडौंका एसएसपी सुदिप गिरी घटनास्थलमा पुगेका छन् ।
नुवाकोटको शिवपुरी गाउँपालिका–४ घर भएका ४३ वर्षीय राजेन्द्र नगरकोटीले चलाएको टिपरले बा. ५१ प ८७२२ नम्बरको रोहन तामाङले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकलमा सवार रोहनका दुई छोरीको घटनास्थलमा नै मृत्यु भयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com