Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

भोट माग्न जाँदा कतिपयले सहानुभूति राख्छन्, कतिपयले खिल्ली उडाउँछन्’

बिहानको झुलमुले उज्यालोसँगै मतदाताको घरघरमा पुग्नु र मत माग्नु आजभोलि दुर्पता सोमैको दैनिकी बनेको छ।
आगामी मंसिरमा हुने निर्वाचनमा पाल्पा जिल्ला क्षेत्र नं २ मा प्रतिनिधिसभामा उम्मेदवार भएकी उनी जिल्लाको एक्लो महिला उम्मेदवार हुन्।

बिहानैदेखि घरघर जान्छु, मेरो योजना सुनाउँछु, भोट माग्छु, उनी भन्छिन्, कतिपयले सहानुभूति राख्छन् कतिपयले खिल्ली उडाउँछन्।
प्रतिनिधि सभाको लागि दुई र प्रदेश सभाको छ निर्वाचन क्षेत्र रहेको जिल्लामा दल र स्वतन्त्र गरी ४७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

यसमा सोमै एक्ली महिला उम्मेदवार हुन्, अरू दलहरूले महिलालाई उम्मेदवार नबनाएको देख्दा दुःख लाग्योु, उनी भन्छिन्, महिला अधिकारका चर्का नारा लगाउने दलहरूले नै महिलालाई नेतृत्वमा पुग्न दिँदैनन्।

जनता समाजवादी पार्टीको जिल्ला सदस्यसमेत रहेकी सोमै सोही पार्टीबाट उम्मेदवार हुन्।
पार्टीले महिलालाई प्राथमिकता दिएकै छ, हामीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका दियौ उनी भन्छिन्, जति भोट आउला, नजिते पनि महिलालाई स्थान चाहिँ दिएको छ।

विसं २०७२ देखि जसपामा आबद्ध भई राजनीतिमा होमिएकी सोमैको यो पहिलो उम्मेदवारी हो।
जसपाका जिल्ला उपाध्यक्ष हेमबहादुर सोमै महिलालाई प्राथमिकता दिएर चुनाव लड्ने पार्टीकै एजेण्डा भएको बताउँछन्, महिलाले सक्दैनन् भन्ने हटाउन पनि महिलालाई प्राथमिकता दिएको होु, सोमैले भने।

क्षेत्र नं २ बाट छैटौं पटक निर्वाचनमा होमिएका पूर्व-उद्योगमन्त्री सोमप्रसाद पाण्डेय र नेकपा (एमाले) पोलिटब्यूरो सदस्य ठाकुर गैरे पनि सँगै चुनावी मैदानमा छन्।

राजनीतिक दलहरूबाट १२ जना र स्वतन्त्रबाट तीन जना गरी १५ जनाले प्रतिनिधि सभाको उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत कमलराज विष्टका अनुसार गठबन्धनबाट पाण्डेय, एमालेबाट गैरे, मङ्गोल नेसनल अर्गनाइजेसनबाट मनबहादुर दर्लामी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोमप्रसाद गैरे, जसपाबाट सोमै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोजिन्द्रबहादुर केसी, नेमकिपा बाट शिवसुन्दर धुरम्बा, नेपाल आमा पार्टीबाट ताराबहादुर खत्री, राष्ट्रिय जनमुक्ति पार्टीबाट हुमबहादुर थापा, राप्रपा नेपालबाट खडानन्द गैरे, जन समाजवादी पार्टीबाट देवबहादुर हिस्की, नेपाली कांग्रेस बिपीबाट श्रीधर न्यौपाने र स्वतन्त्र उपेन्द्रराज गहिरे, केशरबहादुर आले, जीवलाल सुवेदी गरी १५ ले मनोनयन दर्ता गरेका छन्।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com