Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

पूर्वलडाकुलाई रकम दिने निर्णयको विरोध नगर्न गृहमन्त्री श्रेष्ठको आग्रह

बैशाख,१७ काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अयोग्य लडाकुलाई सहयोग गर्ने निर्णय शान्ति सम्झौताको कार्यान्वयनको एक पाटो भएकाले विरोध गर्न नहुने तर्क गरेका छन् ।

जनकपुरधाममा सञ्चारकर्मीहरुसंग उनले भने, ’अयोग्य लडाकुलाई दुई÷दुई लाख सहयोग दिने निर्णय धेरै पुरानो हो । यो विषय सर्वोच्च अदालतमा समेत पुगिसकेको छ । सर्वोच्चले पनि स्वीकृति दिइसकेको छ । यो निर्णय शान्ति सम्झौता कार्यान्वयनको एक पाटो पनि हो । त्यसैले विरोध गर्नुहुदैन् ।’

गृहमन्त्री श्रेष्ठले अयोग्य लडाकुलाई सहयोग गर्ने विषयलाई अनाहकमा गलत प्रचारवाजी हुनु लोकतान्त्र, जनयुद्व र विस्तृत शान्ति सम्झौताको मर्म विपरितको कार्य भएको बताए ।

सञ्चारकर्मीको जिज्ञासामा उनले संघीयताको मर्म अनुसार प्रहरी समायोजनको कार्य अगाडी बढाइने बताए । प्रहरी समायोजन नभएसम्म प्रदेश सरकारले प्रहरीलाई निर्देशन, समन्वय र परिचालन गर्न सकिने उनको भनाई थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com