Yeti Khabar

२०८२ असार १६, सोमबार - Mon Jun, 2025 -

चोरी गरेको आरोपमा ३ जना पक्राउ

चैत्र, १० काठमाडौँ । काठमाडौँमा चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन टाँडी घर भई हाल काठमाडौं महानगरपालिका ४ बस्ने, अर्जुन परियार, रुपन्देही जानकी नगर घर भई काठमाडौंको मण्डिखाटार बस्ने रोशन गौतम र नुवाकोट पिपलडाँडा घर भई टोखा बस्ने तुलबहादुर विश्वकर्मा रहेका छन् । उनीहरुलाई काठमाडौंको धापासी हाइटस्थित एक घरमा चोरी गरेको आरोपमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ ।

परियार र गौतमले फागुन १३ गते काठमाडौंको धापासी हाइटस्थित भेषराज दाहालको घरको कोठा फोडेर विभिन्न गरगहना र नगद गरी रु ८ लाख १ हजार २५० बराबरको धनमाल चोरी गरेको प्रहरीले बताएको छ । उनीहरु दुवै जनालाई मण्डिखाटारस्थित गेष्ट हाउसबाट पक्राउ गरिएको र सोही चोरी प्रकरणमा संलग्न रहेको आरोप सुन पसल सञ्चालक समेत रहेका विश्वकर्मालाई पनि पक्राउ गरिएको प्रहरीको भनाई छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com