Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

पढेलेखेकी माताले झारफुकको नाममा कुट्दा किशोरीको मृत्यु

काठमाडौँ । निरक्षर मात्र हैन, पढेलेखेका मानिसले पनि अन्धविश्वास अँगाल्दा समाजमा दुर्घटना हुने गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिका–१० मा बस्छिन्, २२ वर्षीया सोनिया रेश्मी । स्वास्थ्य विषयमा बिए दोस्रो वर्ष अध्ययनरत सोनिया झारफुक गर्छिन् । सोनियालाई स्थानीयले ‘माता’ सम्बोधन गर्छन् । कान दुखेर सोनियाकहाँ पुगेकी १४ वर्षीया सीता ज्ञवालीलाई झारफुकको नाममा कुटपिट गरिन् । ‘सन्चो बनाउँछु’ भनेर त्रिशुल, जग र रुद्राक्षको मालाले हिर्काउँदा सीताको मृत्यु भयो ।

कक्षा ९ मा अध्ययनरत सीताको हत्या आरोपमा प्रहरीले ‘माता’ लाई पक्राउ गरेको छ । फागुन २० मा कुटपिटबाट सीताको मृत्यु भएको अनुसन्धानबाट थाहा भएको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्नाथ मरासिनीले बताए । मृत्युपछि त्यसैरात किशोरीको दाहसंस्कार गरिएको छ । झारफुक गर्ने नाममा माताले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले त्यसबारे अनुसन्धान थालेको थियो । भिडियो फुटेजका आधारमा अनुसन्धान गर्दा हत्याको पोल खुलेको इन्सपेक्टर मरासिनीले जानकारी दिए ।

प्रहरीले कुटपिटमा प्रयोग गरिएको त्रिशुल, जग र रुद्राक्षको माला बरामद गरेको छ । अस्पतालको औषधि खाँदा कानको दुःखाई निको नभएपछि परिवारले किशोरीलाई माताकोमा लगेका हुन् । आरोपी रेश्मीलाई इलाका प्रहरी कार्यालय सालझण्डीको हिरासतमा राखेर प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।रातोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com