Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

शक्ति बाँडफाँटको छलफलका लागि गठबन्धनको बैठक बस्ने तयारी

बिहीवार ६ काठमाडौ । चुनावपछिको शक्ति बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनका पाँच दलको बैठक बस्ने भएको छ। नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको परिणाम सार्वजनिक भएपछि यस विषयमा छलफलका लागि बैठक राख्ने तयारी भएको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिणामलगत्तै बैठक राख्ने तयारी भएको बताएका छन्।

नेकपा (एकीकृत समाजवादी की सचिव रामकुमारी झाँक्री र स्वतन्त्र सांसद अमेरशकुमार सिंहसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

शक्ति बाँडफाँट बारेको प्रस्तावमा अनौपचारिक छलफलका लागि कांग्रेस संसदीय दलको मत परिणामपछि गठबन्धनको बैठक बस्ने तयारी छ, उनले भनेका छन्।

बुधबार साँझ नै बैठक बस्न सक्ने प्रचण्डले बताएको एकीकृत समाजवादीकी सचिव झाँक्रीले बताइन्।

प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति,सभामुख उपसभामुखको सवालमा कांग्रेसको निर्वाचन परिणाम लगत्तै बैठक बस्ने कुरा छ। बुधबार साँझ यसमा छलफल हुनसक्छ ।

यसअघि सांसदहरूको शपथ ग्रहणपछि शक्ति बाँडफाँटको छलफल गर्ने गठबन्धनको तयारी थियो। सांसदहरूको शपथ पुस ७ गते तोकिएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com