Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

बाउन्सरमाथि खुकुरी प्रहार प्रकरण : ८ जना प्रकाउ

असोज,२७ काठमाडौं । काठमाण्डौको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौले आज पत्रकार सम्मेलन गरी गएको असोज २५ गते काठमाण्डौको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गर्ने आठ जनालाई ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा पक्राउ गरी सार्वजनिक गरेको हो ।

काठमाण्डौ महानगरपालिका–२६ गल्कोपाखाको हनुमान चोक नजिकै एक समूहले दुई जना पुरुषलाई धारिलो हतियार, इँटा, रक्सीको बोतल लगायतले प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका थिए । फरार भएका आठ जनालाई काठमाण्डौ प्रहरीको अनुसन्धानमा प्रक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० भरत बोहराले बताउनुभयो ।

पक्राउ पर्नेमा काठमाण्डौको गोकर्णेश्वर बस्ने जीवन तामाङ, दोर्जे शेर्पा, विनोद तामाङ, विकास श्रेष्ठ, राजेन्द्र खत्री, प्रदीप तामाङ र दीपेन लामा छन् । एसपी बोहराले मोटरसाइकल भाडामा दिने चाबहिल बस्ने २६ वर्षीय करण डंगोललाई पनि पक्राउ गरिएकोजानकारी दिनुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक बोहराले अनुसन्धानका क्रममा उनीहरूलाई काठमाण्डौका विभिन्न ठाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको बताउनुभयो । पक्राउ पर्नेहरूको साथबाट खुकुरी तीन थान, प्र ३० ०२–०१० प ३७६५ नम्बरको मोटरसाइकल, प्र ३० २–०११ प ४६४७ नम्बरको मोटरसाइकल, घटनास्थलमा फेला परेका इँटा र च्यातिएर रक्तामे भएका कपडालगायत सामग्री बरामद भएको उहाँले बताउनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com