Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयो

काठमाडौ २ चैत ।नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको हो । यद्यपि निगमले उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन ।
भारतीय आयल निगमबाट आज प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँले बढेको हो भने डिजेल २४.४९ र हवाई इन्धन १८.८९ रुपैयाँ बढेको हो । यो सँगै आगामी १५ दिनमा करीब रू ५ अर्ब ३० करोड घाटा हुने स्थिति देखिएको निगमले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निगमले पछिल्लो पटक फागुन १९ मा मूल्य समायोजन गरेको थियो । रुस र युक्रेन बीचको तनाव समेतका कारणबाट अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप बृद्धि भई उच्चतम विन्दुमा रही कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९७ देखि १४० प्रति व्यारेलसम्म पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेसनबाट बढेर मूल्य आएको निगमको भनाइ रहेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com