Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

पुष,२५ काठमाडौं । भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउ नजिकै दुर्घटना हुँदा ३ नेपालीसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार पुस २३ गते राति दुर्घटना हुँदा भारतीय बस चालकसहित ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा टीकापुर नगरपालिका ज्योतिनगरका ४० वर्षीय ललित साउद र व्यवसाय क्षेत्र बस्ने ४५ वर्षीय चन्द्र साउद रहेको र १ जना महिलाको सनाखत हुन नसकेको प्रशासनले बताएको छ ।

६६ यात्रु सवार रहेको बसमा १४ जना घाइते भएका छन् । जसमध्ये ३ जना गम्भीर छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनीहरू भारतका विभिन्न सहरबाट घर फर्किरहेका थिए । बसलाई दुईतर्फबाट अन्य दुईवटा बसले ठक्कर दिएको बताइएको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com