Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

नेपालले केन्यालाई २ सय ३१ रनको लक्ष्य

भदौँ, १८ काठमाडौँ । कप्तान रोहित पौडेलको ७८ रनको मद्दतमा नेपालले केन्यालाई २ सय ३१ रनको लक्ष्य दिएको छ । केन्याको नैरोबीमा जारी दोस्रो, वान डे मा नेपालले पहिले ब्याटिङ गरेर २ सय ३० रन बनाएको हो ।

केन्याको नैरोबीमा भएको खेलमा कप्तान रोहित पौडेलले ७८ रन, सोमपाल कामीले २६ रन, ज्ञानेन्द्र मल्लले २५ रन, आदिल आलमले १४ र करन केसीले ११ रन बनाएका थिए । नेपालका अन्य ब्याट्सम्यान व्यक्तिगत न्यून स्कोरमा आउट भएका थिए ।

नेपालले पहिलो विकेट अर्जुन साउदका रूपमा गुमाएको थियो । अर्जुन ५ रन बनाएर आउट हुँदा नेपालको १९ रन थियो । नेपालको ७५ रन हुँदा ज्ञानेन्द्र आउट भएका थिए । त्यसपछि प्रदीप ऐरी २ रन बनाएर आउट भए ।

नेपालका कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा रोहितले नेपाली क्रिकेट टीमको नेतृत्व गरिरहेका छन् । नेपालले दिएको लक्ष्य पछ्याउन केन्याले केहीबेरमा ब्याटिङ गर्नेछ ।

तीन एकदिवसीय सिरिजमा नेपालले पहलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com