Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

बाघको छालासहित चार जना पक्राउ

साउन,२० काठमाडौं । प्रहरीले कैलालीको गोदावरी नगरपालिकाबाट बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ। हिजो मध्यराति बैतडीको डिलासैन गाउँपालिका–०२ बस्ने राजेन्द्र सिंह भण्डारीसहित चार जना पक्राउ परेका छन्।

डोटीको जोरायल गाउँपालिका–२ बस्ने समिर ओलीले चलाएको बोलेरो जिपको बिचको सिटमा रहेको सेतो प्लाष्टिक बोराभित्र बाघको छाला एक थान र हड्डीहरु फेला परेको कैलाली प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए।

प्रहरीले चालक आलेसहित चुरे गाउँपालिका–६ बस्ने टेक बहादुर रावत र धिरेन्द्र रावतलाई समेत पक्राउ गरेको छ।
अत्तरियातर्फ अवैध किसिमको बाघको छाला ओसार–पसार भइरहेको छ भन्ने विषेश सूचनाको आधारमा प्रदेश प्रहरी अनुसन्धान समूह (आरआईटी) र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोदावरी नगरपालिका–२, तेघरीस्थित खानेपानी ट्याङ्की नजिकबाट उनीहरुलाई पक्राउ गरेको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com