Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

महिलाको पाठेघरबाट १० किलोको ट्युमर शल्यक्रिया गरी झिकियो

विराटनगरस्थित विराट नर्सिङ होममा एक महिलाको पाठेघरबाट नौ किलो २०० ग्रामको फाइब्रोड नामक ट्युमर शल्यक्रिया गरी झिकिएको छ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–४ निवासी ३९ वर्षीया महिलाको पेटबाट अस्पतालका चिकित्सक ज्ञानेन्द्रमान सिंह कार्कीको नेतृत्वमा बुधबार सफल शल्यक्रिया भएको हो।

करिब एक घण्टा २० मिनेट लगाएर गरिएको शल्यक्रियामा डा भानु न्यौपाने, डा वात्सल्य अर्याल, डा फारिदा खातुन लगायतको टिम सहभागी थियो।

सफल शल्यक्रियापछि डा कार्कीले यति धेरै वजनको मासुको थुप्रो लिएर ती महिला अस्पतालसम्म आउन सक्नु आश्चर्य भएको उल्लेख गर्दै भने, शल्यक्रिया सफल भयो, बिरामीको अवस्था सन्तोषजनक छ खुसी लागेको छ।

ती महिलाका आफन्तका अनुसार विगत दुई वर्षदेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित परीक्षण गर्दा सानो पाँचरछ सेमी आकारको मासु पलाएको रिपोर्ट थियो। कोरोनाका कारणले पुनः उपचार र परीक्षण हुन नसकेको तर पेटमा कुनै समस्या पनि देखा नपरेको बिरामीको आफन्तले बताएका छन्।

आफन्तका अनुसार विस्तारै विस्तारै पेट बढ्दै गयो। मोटाएको जस्तो महसुस भयो तर कुनै दुःख र अप्ठ्यारो नभएको हुनाले ठीकै छ भनेर बिरामी घरमा बसिरहेकी थिइन्। तर पेट धेरै मोटाएको हुनाले विराट नर्सिङ होममा आएर परीक्षण गर्दा ३०/४० सेमी आकारको ट्युमर देखा पर्‍यो।

शल्यक्रिया नगरी अरू उपाय नभएको चिकित्सकले बताएपछि शल्यक्रिया गर्नुपरेको बिरामी कुरुवा बसेका आफन्तले बताएका छन्। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com