Yeti Khabar

२०८२ मंसिर १, सोमबार - Mon Nov, 2025 -

प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानियो ओली

असाेज ३ काठमाडाैं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताको हालै काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारले गोली चलाएको पाइएको दाबी गरेका छन् ।

भ्रष्टाचारविरूद्ध र सामाजिक सञ्जाल बन्दविरूद्ध जेनजी पुस्ताले गत भदौ २३ र २४ गते काठमाडौं र देशैभर आन्दोलन गरेका थिए । भदौ २३ गते काठमाडौंमा मात्रै १७ जनाको मृत्यु भएको थियो। त्यसबेला प्रधानमन्त्री ओली थिए । त्यस घटनाप्रति लक्ष्य गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले घटनाको ११ दिनमा प्रहरीसँग नभएका स्वचालित हतियारले गोली चलाएको आरोप लगाएका हुन् ।

‘सरकारले प्रदर्शनकारीहरूलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्दछ,’ ओलीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। निवर्तमान प्रधानमन्त्री ओलीले स्वचालित हतियारले गोली हानेको भने पनि उनले के प्रमाण र के आधारमा यस्तो भनेका हुन् भन्ने थप कुरा खुलाएका छैनन्।

सुरक्षाकर्मीहरूले पनि अहिलेसम्म स्वचालित हतियारले गोली हानेको भन्ने कुरा सार्वजनिक रूपमा भनेका छैनन्।  साथै ओलीले भदौ २३ गते भएको प्रदर्शनमा गोली हान्ने आदेश नभएको पनि बताएका छन्। जेनजीले आह्वान गरेको प्रदर्शनका क्रममा भदौ २३ गते संसद भवनअगाडि पुगेका प्रदर्शनकारीहरूमाथि सुरक्षाकर्मीले गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो।

आफूले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि सिंहदरबारदेखि संसद भवन, दलका नेता कार्यकर्ताको घर छानीछानी जलाइएको ओलीको भनाइ छ। भदौ २४ गते ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। लगत्तै उनी नेपाली सेनाको सुरक्षामा बसेका थिए। सेनाको सुरक्षाबाट ओली बिहीबार बाहिरिएका हुन्। उनको बालकोटस्थित घरमा पनि प्रदर्शनकारीहरूले आगजनी गरेका थिए। भक्तपुरको गुण्डुमा घर भाडामा लिएर ओली बस्न थालेका छन्। संविधान दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पनि अध्यक्ष ओली उपस्थित भएका छैनन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com