Yeti Khabar

२०८२ असार १३, शुक्रबार - Fri Jun, 2025 -

बाढीले बगाएर नुवाकोटमा एक महिला बेपत्ता

असार, १३ कामठमाडौं । नुवाकोटको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा आएको बाढीले बगाउँदा १ महिला बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा ३२ वर्षीया कमला बलामी रहेको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

बेपत्ता बलामीको खोजीकार्यका लागि सशस्त्र प्रहरीको टोली खटिएको छ। साथै सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा गोठमा घाइते भएका अशोक बलामीलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com