माधवकुमार नेपाल आज विशेष अदालतमा उपस्थित

असार, ११ काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज विशेष अदालतमा उपस्थित हुनुभएको छ । पतञ्जली जग्गा प्रकरणमा परेको मुद्दाको विषयमा उहाँ विशेष अदालत पुग्नुभएको छ ।
माधव नेपालले यसअघि अदातलमा उपस्थित हुन पाउँ भन्दै निवेदन दर्ता गराउनुभएको थियो । नेपालको बयान विशेष अदालतका ३ जना न्यायाधीशको इजलासमा हुँदैछ । न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलास नम्बर–२ मा उहाँको बयान हुनेछ । बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ ।
पतञ्जली जग्गा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।