तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

बैशाख, २८ काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य घटेको छ । आज प्रतितोला ३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सुनको मूल्य एक लाख ९० हजार ८ सय रुपैयाँ थियो। आज चाँदी भने १० रुपैयाँ बढेर १ हजार ९ सय ७० रुपैयाँ कायम भएको छ।