Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

खैरो हेरोइनसहित २ जना पक्राउ

साउन,१४ काठमाडौं । झापाको मेचीनगर नगरपालिका-६ काकरभिट्टास्थित पुरानो मेचीपुल अगाडिबाट करिब २ ग्राम ८ सय मिलिग्राम अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका-६ बिहीबारे बस्ने ३० वर्षीय पुरन राई र सप्तरी बोदे बर्साईन नगरपालिका-५ घर भई हाल झापा बिर्तामोड नगरपालिका-१ भगवान् चोक डेरा गरी बस्ने ३५ वर्षीय नागेन्द्र कुमार यादव रहेका छन् । प्र.३-०१-०२४ च ८००० नम्बरको गाडीलाई इलाका प्रहरी कार्यालय काकरभिट्टा र लागू औषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उक्त लागू औषध फेला पारी गाडी चालक पुरन र गाडीमा सवार नागेन्द्रलाई पक्राउ गरेको हो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com