५ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

वैशाख, २३ काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । हिजो तोलामा ५ सय बढेको सुन आज ५ हजार ३ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
महासंघका अनुसार आजका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । हिजो सुन तोलाको १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि ५५ रुपैयाँ बढेको छ ।