Yeti Khabar

२०८१ बैशाख २४, सोमबार - Mon May, 2024 -

इजरायल र हमासबीच गाजामा युद्ध शुरु भएको दुईसय दिन नाघ्यो, पछिल्लो समय आक्रमण तीव्र

गाजामा इजरायल र प्यालेस्टाइनबीच युद्ध शुरु भएको दुई सय दिनभन्दा बढी भइसकेको छ । पछिल्लो हप्ताहरूमा, इजरायलले यस युद्धको अवधिमा गाजामा सबैभन्दा ठूलो आक्रमण गरेको बीबीसीले जनाएको छ । गाजाको उत्तरी क्षेत्रमा धेरैजसो बम विष्फोट भएको छ । इजरायली सेनाका प्रवक्ताका अनुसार दक्षिणी गाजामा सैन्य पर्यवेक्षण चौकी र मिसाइल प्रक्षेपण पोष्टहरू सहित २५ वटा क्षेत्रलाई निशाना बनाइएको छ ।

यसैबीच पछिल्लो समय इजरायलमा आक्रमण तीव्र पारेको लेबनानी सङ्गठन हिजबुल्लाहले आफ्ना दुई सदस्यको मृत्यु भएको जानकारी दिएको छ । कतारले हमास र इजरायलबीच युद्धविरामका लागि प्रयास गरिरहेको छ । कतारमा हमासको राजनीतिक कार्यालय पनि छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com