Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

पाँच गोलको थ्रिलरमा बेल्जियमले जर्मनीलाई हरायो

बु

whatsapp sharing button
twitter sharing button

बर्लिन । जर्मनीलाई पराजित गर्दै नयाँ प्रशिक्षक डोमेनिको टेडेस्कोको नेतृत्वमा बेल्जियमले लगातार दोस्रो जीत हासिल गरेको छ । मैत्रिपूर्ण खेलमा बेल्जियम ३–२ गोलले विजयी बनेको हो । यसअघि शुक्रबार युरो २०२४ को छनोटमा बेल्जियमले स्वीडेनलाई हराएको थियो

पाहुना टोली बेल्जियमले पहिलो हाफको १० मिनेटभित्र नै दुई गोलको अग्रता बनाएको थियो । केभिन डी ब्रुयनाको पासमा यानिक कारास्को र रोमेलु लुकाकुले गोल गरेका थिए । पहिलो हाफको अन्त्यमा निक्लास फुलक्रुगले पेनाल्टीबाट एक गोल फर्काए ।

दोस्रो हाफको ७८ औँ मिनेटमा डी ब्रुयनाले पुनः टोलीलाई दुई गोलको अग्रता दिलाए । यो सिजन क्लब र देशका लागि उनको नवौँ गोल थियो । ८७ औँ मिनेटमा सर्जी ग्नाब्रीले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com