Yeti Khabar

२०८२ बैशाख २५, बिहीबार - Thu May, 2025 -

जम्मू–कश्मीर घटनालाई बहाना बनाएर भारतले आक्रमणको योजना बनाइरहेको पाकिस्तानको आरोप

भारत र पाकिस्तानबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको छ । जम्मू–कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारतले थप सैन्य कारबाहीको योजना बनाइरहेको पाकिस्तानले आरोप लगाएको छ ।

पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले रोयर्टससँगको अन्तर्वार्तामा कुनै पनि बेला ठूलो कदम भारतले चाल्न सक्ने भएकाले आफ्नो सेना तयारी अवस्थामा राखिएको बताएको बीबीसीले जनाएको छ । उहाँले केही रणनीतिक निर्णयहरू गरिएको समेत दाबी गर्नुभएको छ ।

यदि पाकिस्तानको अस्तित्वमा प्रत्यक्ष खतरा देखियो भने मात्र पाकिस्तानले आणविक हतियार प्रयोग गर्ने पाकिस्तानका रक्षामन्त्रीको भनाइ छ ।

उहाँको भनाइपछि पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले पनि आज बिहान एक्समा एक भिडियो पोस्ट गर्दै भारतले पहलगाम घटनालाई बहाना बनाएर २४ देखि ३६ घण्टाभित्र पाकिस्तानमाथि हमला गर्ने योजना बनाइरहेको खुफिया एजेन्सीले जानकारी दिएको बताउनुभएको छ । पाकिस्तानले चीन, अमेरिका र बेलायतलगायतसँग सम्पर्क गरेर स्थिति नियन्त्रण गर्न सहयोग मागेको छ  । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com