नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी बिच एकता हुँदै

बैशाख, १७ काठमाडौँ । डा सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी बिच आज एकता घोषणा हुने भएको छ । दुवै पार्टी एकताका लागि करिब २ वर्षदेखि प्रयासरत थिए ।

यसअघि २ पार्टीका बिचमा कार्यगत एकताका लागि मोर्चा समेत बनेको थियो । अन्ततः दुवै पार्टीको बिचमा एकता हुने निश्चित भएको छ। नयाँ बन्ने पार्टीको कार्यकारी अध्यक्षमा राउत रहनेछन् भने संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने सहमति भएको छ । पार्टीको नाम नागरिक जनमत रहनेछ ।