जिप दुर्घटना हुँदा जाजरकोटमा दुई जनाको मृत्यु

मंसिर, २० काठामाडैं । मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। कार्कीगाँउ बाट कुदु तर्फ जाँदै गरेको कर्णाली प्रदेश ३–०१–०२ च ४७१९ नम्बरको बोलेरो जिप हिजो राति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताएको छ ।

दुर्घटनामा कैलालीका २५ बर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुन हमालको मृत्यु भएको छ। उनीहरुलाई उपचारका लागि अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटको सूचना अधिकारी दिनेश तिमिल्सेनाले बताए ।
उक्त दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–८ का कमल चौधरी घाइते भएका छन्। उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले बताएको छ ।