इमाडोलमा भासियो सडक
साउन, ३० काठमाडौं । ललितपुरको इमाडोलमा सडक भासिएको छ। आज बिहान महालक्ष्मी नगरपालिका वडा नम्बर ३ इमाडोलको बोझेपोखरी जाने बाटोमा सडक भासिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए ।
उनका अनुसार सडकमा भ्वाङ परेर झन्डै तीन मिटर भासिएको छ। उक्त सडकबाट नयाँपुल हुँदै काठमाडौंसमेत जोडिन्छ। अहिले उक्त सडकलाई पूर्ण रूपमा बन्द गरेको एसपी सुवेदीले जानकारि दिनुभयो । वडा नम्बर ३ का वडाध्यक्ष कुवेर केसीका अनुसार हिजो नै उक्तमा खाल्डो पर्न थालेको थियो।