Yeti Khabar

२०८२ बैशाख २५, बिहीबार - Thu May, 2025 -

विद्युत आपूर्तिमा अवरोधपछि स्पेन र पोर्चुगलमा आपतकाल घोषणा

स्पेन र पोर्चुगलमा विद्युत आपूर्तिमा अवरोधपछि आपतकाल घोषणा गरिएको छ । यी दुई देशमा हिजोदेखि नै विद्युत आपूर्ति अवरुद्ध छ ।

बिजुलीको अभावमा मोबाइल फोन सेवा, इन्टरनेट नेटवर्क, रेल तथा हवाई सेवासहित विभिन्न क्षेत्रमा समस्या आएको छ । जसले दुवै देशहरूलाई आपतकालीन अवस्थाको घोषणा गर्न बाध्य बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विद्युत सञ्जाल सञ्चालकको मुख्यालय पुगेर समस्याको जानकारीसमेत लिनुभएको छ ।

त्यस्तै पोर्चुगलको विद्युत प्रदायक संस्था आरईएनले दिएको जानकारीअनुसार इबेरियन प्रायद्वीपका सबै क्षेत्र विद्युत अवरूद्ध हुँदा प्रभावित भएका समाचार संस्था एएफपीले जनाएको छ । विद्युत अवरोधमा साइबर आक्रमणबारेको कुनै सङ्केत नभेटिएको ईयूले जनाएको छ ।

स्पेन र पोर्चुगलमा व्यापक विद्युत अवरोधपछि त्यहाँ साइबर आक्रमण भएको भन्ने अनुमान गरिएको थियो । तर युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले अहिलेसम्म साइबर आक्रमणको कुनै सङ्केत नभेटिएको बताउनुभएको छ । बिजुली आपूर्तिका लागि निरन्तर प्रयास भइरहेको खबरमा उल्लेख छ ।  एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com