Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जीवन खत्री निर्वाचित

जेठ,४ काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जीवन खत्री निर्वाचित भएका छन्।
उनले एमालेकी विना बास्तोलालाई पछि पार्दै मेयरमा निर्वाचन हुन सफल भएका हुन्।

खत्रीले ९५५० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। निकटतम प्रतिद्वन्द्वी बास्तोलाले ९१६० मत ल्याइन्।
अघिल्लो निर्वाचनमा एमालेका सोम मिश्र निर्वाचित भएका थिए।

राप्रपाका रविन्द्र प्रताप शाहले ८०६७ मत प्राप्त गरे भने नेपाल मजदुर किसान पार्टीका केशवप्रसाद तिमिल्सिनाले ३२६७ मत ल्याउन सफल भए।
उपमेयरमा एमालेका रमेश बुढाथोकी निर्वाचित भएका छन्। उनले १११०७ मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुभद्रा काफ्लेले ९०८६ मत ल्याइन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com