घट्यो सुनको मूल्य

फागुन, २७ काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घटेर तोलामा १ लाख ६९ हजार ९०० रुपैयाँ कायम भएको छ ।

हिजो सुनको मूल्य तोलामा १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।