Yeti Khabar

२०८१ माघ २८, सोमबार - Mon Feb, 2025 -

घरको छतबाट खसेर १ जनाको मृत्य

माघ, ८ काठमाडौं । । दाङमा घरको छतबाट खसेर १ जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–७ नवरपुर निवासी अन्दाजी २७ वर्षीय सन्तोष चौधरीको घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीका अनुसार तुलसीपुर–४ बनहरीमा रहेको घरको दुई तला माथिबाट खसेर चौधरी गम्भीर घाइते हुनुभएको थियो । गम्भीर घाइते चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्‍याएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com