Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

एम्बाप्पेले पाए गोल्डेन बुट, मेस्सीलाई गोल्डेन बल

४ पुस, काठमाडौं । कतार विश्वकपमा सर्बाधिक गोलकर्ताका रुपमा फ्रान्सका केलियन एम्बाप्पेले गोल्डेन बुट पाएका छन् । उपाधि विजेता अर्जेन्टिनी टिमका सुपरस्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल पाएका छन् ।

दोहास्थित लुसेल रंगशालामा सम्पन्न निकै नै रोमान्चक र नाटकीय खेलमा फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गरी लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।

फाइनलमा ह्याट्रिक गोल गरे पनि एम्बाप्पेले फ्रान्सलाई विश्वकप उपाधि दिलाउन सकेनन् । उनी विश्वकप फाइनलमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । विश्वकपका सात खेलमा ८ गोल गरेका पेरिस सेन्ट जर्मेइन पीएसजीका २३ वर्षे सुपरस्टार एम्बाप्पेले पहिलोपल्ट गोल्डेन बुट जितेका हुन् । मेस्सी विश्वकपकै उत्कृष्ट खेलाडी बनेको यो दोस्रोपल्ट हो ।

अर्जेन्टिना फाइनलमा हारेको सन् २०१४ को विश्वकपमा पनि उनी सर्वोत्कृष्ट खेलाडी बनेका थिए । यसपल्ट विश्वकपमा मेस्सीले फाइनलमा २ सहित ७ गोल गरे र ३ असिस्ट गरे । योसँगै मेस्सीको विश्वकप युग समाप्त भएको छ । उनले अर्जेन्टिना फाइनलमा पुगेलगत्तै फाइनल खेल आफ्नो विश्वकपमा अन्तिम हुने घोषणा गरेका थिए ।

अर्जेन्टिनालाई उपाधि दिलाउन फाइनलमा फ्रान्सको पेनाल्टी रोकेर निर्णायक प्रदर्शन गरेका इमिलियानो मार्टिनेजले विश्वकपको उत्कृष्ट गोलरक्षकका रुपमा गोल्डेन ग्लभ्स जितेका छन् । विश्वकपका उत्कृष्ट युवा खेलाडीको पुरस्कार पनि अर्जेन्टिनाले नै जितेको छ । २१ वर्षीय मिडफिल्डर एन्जो फर्नाण्डेजले यो पुरस्कार जितेका हुन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com