Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चैत्र,२८ काठमाडौं । दाङमा नाइट बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल एक जनाको मृत्यु भएको छ। तुलसीपुरबाट–कठमाडौं जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्रि बसले लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका – १७ का २३ बर्षीय सौगातको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनकबहादुर मल्लका अनुसार घोराही उपमहानगरपालिका – १७ सिस्नेखोलाको ओरालोमा राति पौने ९ बजे मोटरसाइकललाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते वलीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो। मोटरसाइकलको पछाडि सवार ३५ बर्षीय शरद लामिछाने घाइते छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com