Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

दाङमा डेंगीबाट एक जनाको मृत्यु

भदौ,२७ काठमाडौं । दाङमा डेंगीबाट एक महिलाको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी ४० वर्षीया मायाकुमारी बिसीको उपचारका क्रममा आज राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ ।

प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार डेंगी संक्रमित बिसी आज बिहान करिब ८ बजेतिर उपचारका लागि प्रतिष्ठानमा आएकी थिइन्। उनी भर्ना भएको डेढ घन्टाभित्रै बिहान १० बजेतिर मृत्यु भएको भट्टराईले बताए।

त्यसअघि बिसीको ल्याब टेष्ट गर्दा डेंगी पोजेटिभ देखिएको थियो। उपचारको क्रममा एकाएक अक्सिजन लेबल घटेको र प्रेसर बढेपछि मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com