Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

राप्रपाले गर्‍यो उपप्रधानसहित ४ मन्त्रालयमा दाबी, अध्यक्ष लिङ्देनकै नेतृत्वमा सरकारमा जाने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेको छ।
सत्ता साझेदार दलका शीर्ष नेताहरूका बैठकमा राप्रपाले उपप्रधानमन्त्रीसहित ४ मन्त्रालयमा दाबी राख्दै आएको छ।
एक/दुई दिनभित्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दैछन्। राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ।

राप्रपाका एक पदाधिकारीले दिएको जानकारीअनुसार अध्यक्ष लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री हुने सम्भावना बलियो छ।
‘उपप्रधानसहित रोजेको मन्त्रालय दिन सत्ता साझेदार दल सहमत छन्, अध्यक्षज्यूले ऊर्जामन्त्रीमा चासो देखाउनुभएको छ,’ ती पदाधिकारी भन्छन्, ‘हामीले ४ मन्त्रालय दाबी गरेका छौं।’

प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन्। प्रदेशहरूमा पनि राप्रपाका सांसद छन्। सत्ता साझेदार अन्य दल भने राप्रपालाई ३ मन्त्रालय दिन तयार देखिन्छन्। ‘हामीले बागमतीको मुख्यमन्त्री छाडिएको हो, त्यसकारण केन्द्रमा उपप्रधानसहित ४ मन्त्रालय पाउनुपर्छ,’ ती पदाधिकारीले भने।

राप्रपाले बागमतीको सभामुख पाउने सत्ता साझेदार दलभित्र सहमति छ। त्यसका लागि राप्रपाले उम्मेदवारीसमेत दिइसकेको छ।
केन्द्रमा अरू मन्‍त्रालय कुन-कुन लिने भन्नेबारे पार्टीमा आन्तरिक छलफल हुन बाँकी रहेको उनले बताए।

‘सत्ता साझेदार दलको बैठक पनि बस्न सकेको छैन। बिहीबार बैठक गर्ने भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन गएकोले बैठक सर्‍यो,’ ती नेता भन्छन्, ‘सत्ता साझेदार दल बैठक गरी कुन पार्टीले कति र कुन मन्त्रालय पाउने भन्ने टुंगो लगाएपछि मात्रै पार्टीले क-कसलाई मन्त्रीमा पठाउने निर्णय गर्छ।सेतो पाटीबाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com