Yeti Khabar

२०८१ पुष २९, सोमबार - Mon Jan, 2025 -

लामिछानेलाई पर्सा लगिँदै

मंसिर, २४ काठमाडौं । सानोपाइला सहकारीको बचत रकम सम्बन्धी अपचलन आरोपमा बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्सा लगिँदैछ। कास्कीबाट पर्सा लग्न आज बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याइसकेको छ। उनी बुद्ध एयरको जहाज चढिसकेका छन्।

उनलाई बुद्ध एयरको जहाजबाट काठमाडौं पुर्‍याएर त्यहाँबाट पुन: बाराको सिमरा विमानस्थल हुँदै वीरगन्ज लग्ने प्रहरीको तयारी छ। गएराति नै पूर्वडिआइजी छविलाल जोशी र नेचर्स हर्ब्‍सका संचालक रामबहादुर खनाललाई पर्सा पुर्‍याइसकेको छ। सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्क र नेचर्स हर्ब्समा रकम गएको देखिएपछि प्रहरीले उनीहरूविरूद्ध पुर्जी लिएको हो।

सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एक अर्ब ४५ करोड बढी रकम बचत थियो। त्यसमध्ये उक्त सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ८ करोड भन्दा बढी रकम प्रवाह भएको देखिएको सहकारी अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदनमा उल्लेख छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com