झाँक्री प्रकाश भुजेल र मृतक परिवारबीच सहमति
३ मंसिर, काठमाडौं । हिरासतमा रहेका झाँक्री प्रकाश भुजेल र मृतक परिवारबीच सहमति भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार, दुई पक्षबीच छलफलपछि अस्पतालमा रहेको शव उठाउने तयारी भइरहेको छ ।
काठमाडौंको शंकरापुरमा गएको २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा कागेश्वरी मनोहरा बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया गम्भीर घाइते भएका थिए । दुवै जनाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।