Yeti Khabar

२०८१ जेष्ठ ७, सोमबार - Mon May, 2024 -

माल्दिभ्सबाट फिर्ता भए भारतीय सेना

भारत सरकारले माल्दिभ्सबाट आफ्ना सैनिक फिर्ता गरेको छ । माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएलगत्तै उहाँले भारतीय सैनिकलाई फिर्ता हुन निर्देशन दिनुभएको थियो । माल्दिभ्सबाट भारतीय सेनालाई हटाउनु मुइज्जुको पार्टीको मुख्य चुनावी अभियान थियो ।

यसबीचमा माल्दिभ्सका विदेशमन्त्री मुसा जमिर हिजोदेखि भारत भ्रमणमा हुनुहुन्छ । कूटनीतिक गतिरोधको बीच उहाँ दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे छलफल गर्न भारतको औपचारिक भ्रमणमा नयाँ दिल्ली आइपुग्नुभएको हो । माल्दिभ्स भारतको प्रमुख समुद्री छिमेकी हो ।

गएको मे ३ तारिखमा भारत र माल्दिभ्सबीच सम्पन्न द्विपक्षीय उच्चस्तरीय संयन्त्रको चौथो बैठकले मे १० तारिख अर्थात् आजसम्ममा माल्दिभ्सबाट भारतीय सैन्य कर्मचारी हटाउने सहमति गरेका थिए । भारतीय विदेश मन्त्रालयले माल्दिभ्सबाट भारतीय सैनिक फिर्ता भएको जानकारी समेत गराएको छ

 माल्दिभ्समा डोर्नियर–२२८ समुद्री गस्ती विमान र दुई एचएएल ध्रुब हेलिकप्टरसहित झण्डै ७० जना भारतीय सैनिक तैनाथ रहेका थिए । ती सैनिकहरुको स्थानमा गैरसैनिकको प्राविधिक टोली खटाइएको भारतीय विदेश मन्त्रालयलाई उद्धृतगरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com