Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान

बैशाख,१० काठमाडौं । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा एमालेले आज ललितपुरको गोदावरीमा आयोजना गरेको हीरक महोत्सवका अवसरमा पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान दिइएको हो।

पूर्वराष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीले उक्त सम्मान अर्पण गरेका हुन्।

समारोहमा पूर्वप्रधानमन्त्रीहरू एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत पनि उपस्थित थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com