Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

दक्षिण अफ्रिकामा बस पुलबाट खस्दा ४५ जनाको ज्यान गयो

दक्षिण अफ्रिकामा एउटा बस पुलबाट खाल्डोमा खस्दा ४५ जनाको ज्यान गएको छ ।  ४६ जना यात्रु रहेको बस दुर्घटना हुँदा एक आठ वर्षीया बालिका मात्र बाँच्न सफल भएकी बीबीसीले जनाएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रदेशमा रहेको पुलबाट बस खसेर जमिनमा ठोक्कि‌दा आगो लागेको थियो । दुर्घटनामा क्रिस्चियनको धार्मिक कार्यक्रम इस्टर सेवाका लागि मोरिया सहरमा जाँदै गरेका  तीर्थयात्री परेका खबरमा उल्लेख छ ।

घटनास्थलमा पुगेका यातायात मन्त्री सिन्दिसिवे चिकुंगाले बस दुर्घटनामा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले सरकारले दुर्घटनाको कारणको पूर्ण अनुसन्धान गरी आफन्तलाई शव बुझाउन मद्दत गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com