Yeti Khabar

२०८१ बैशाख २५, मंगलवार - Tue May, 2024 -

पाकिस्तानका राष्ट्रपति जरदारी र गृहमन्त्री नकवीले तलब नलिने

 

काठमाण्डौ – पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र गृहमन्त्रीले तलब नलिने बताउनुभएको छ । देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला तलब सुविधा लिन मनासिब नरहेको राष्ट्रपति जरदारीले उल्लेख गर्नुभएको छ ।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का जरदारी हालै पाकिस्तानका १४ औँ राष्ट्रपति बन्नुभएको हो । आफ्नो कार्यकालमा तलब एक पैसा पनि नलिने घोषणा गरेको राष्ट्रपतिको सचिवालयलाई उद्धृत गरी एक्सप्रेस ट्रिब्यूनले उल्लेख गरेको छ ।

जरदारी पाकिस्तानका सबैभन्दा धनी नेतामध्ये एक हुनुहुन्छ । जरदारीको यो घोषणासँगै पाकिस्तानका नयाँ गृहमन्त्रीले पनि तलब नलिने सार्वजनिक गर्नुभएको छ । नव गठित सरकारका नयाँ गृहमन्त्री मोहसिन नकवीले देशको आर्थिक अवस्थाका कारण आफ्नो तलब छाड्ने निर्णय गरेको उल्लेख गर्नुभएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com