Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

तनहुँमा भएको जिप दुर्घटनामा चालकसहित ५ जना घाइते

पुष,१० काठमाडौं । तनहुँमा भएको जिप दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् । आज बिहान आबुखैरेनी गाउँपालिका वडा नम्बर ४ पावर हावस स्थित पृथ्वी राजमार्ग सडक खण्डमा बा १७ च ७९६० नम्बरको बोलेरो जीप सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो ।

आबुखैरेनी तर्फबाट मुग्लीङ तर्फ जाँदै गरेको सो जिपमा सवार घाइतेहरुलाई ईलाका प्रहरी कार्यालय आबुखैरेनी र नेपाली सेना समेतको संयुक्त टोलीले उद्दार अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।

घाइतेमा जिप चालक कैलालीका दयाराम रानासहित यात्रुहरु सुर्खेतका थानेश्वर भट्टराई, निबस खत्री, दार्चुलाका राकेश भट्ट र कैलालीका खगेन्द्रराज पनेरु रहेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com