Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

फिलिपिन्सले १ सय ८० जना चिनियाँलाई देश निकाला गर्‍याे

फिलिपिन्सले राजधानी मनिलामा पक्राउ परेका एक सय ८० जना चिनियाँलाई देश निकाला गरेको छ । उनीहरू मनिलामा अवैध धन्दा र अनलाइन घोटालाको आशङ्कामा पक्राउ परेका थिए ।

गएको अक्टोबरमा छापा मारेर चिनियाँसहित कोरियाली, भियतनामी र फिलिपिनो गरी छ सय जना पक्राउ परेका थिए । यौन व्यवसायमा संलग्न केही महिलाको उद्धारसमेत गरिएको थियो ।

छापा मारेर पक्राउ परेका थप विदेशीलाई आउँदो हप्ता देश निकाला गर्ने त्यहाँको प्रहरीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

राष्ट्रपतिको सङ्गठित अपराध विरोधी आयोगका उपसचिव गिल्बर्टो क्रुजले पक्राउ परेका चिनियाँसँग कुनै पनि काम गर्ने अनुमति नरहेको पाइएको बताउनुभयो । एसिया–प्रशान्त क्षेत्रमा इन्टरनेट घोटालाबारे अन्तर्राष्ट्रिय चिन्ता बढ्दो छ ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com