Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

भारतको राजधानी दिल्लीमा वायु प्रदूषण तीन गुणाले बढ्यो

भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण तीन गुणाले बढेको छ । दिल्लीका धेरैजसो ठाउँमा तुवाँलो लागेको छ । वायु प्रदूषण र चिसो दुवैको मारमा त्यहाँका नागरिक परेका छन् । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार दिल्लीमा हावाको गुणस्तर निकै कमजोर छ ।

बिहान त्यहाँको वायु प्रदूषण मापन सूचक एक्यूआई ४५० भन्दा माथि पुगेको बोर्डलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एक्यूआई तीन सयदेखि ४ सयको बीचमा पुग्नु वायुको गुणस्तर निकै खराब स्थितिमा रहेको भन्ने बुझिने बोर्डले जनाएको छ ।  

विश्व स्वास्थ्य सङ्गठनले वायु प्रदूषण मापन सूचक एक्यूआई चार सयभन्दा माथि जाँदा मानव स्वास्थ्यका लागि खतरनाक हुने उल्लेख गरेको छ । दिल्लीका नागरिक पछिल्लो एक महिनादेखि वायु प्रदूषणको कहरमा छन् ।  एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com