Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाइ हृदयघात

कार्तिक,२ काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन्। बेइजिङमा रहेका गृहमन्त्री श्रेष्ठलाई छाती दुखेपछि मंगलबार पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको उनका स्वकीय सचिव विजय गौतमले बताए ।

अस्पतालले मन्त्री श्रेष्ठलाई हृदयघात भएको बताएको छ। ‘माइल्ड हर्टअट्याक भनिएको छ।समयमै अस्पताल पुर्‍याइएकाले अहिले खतरामुक्त हुनुहुन्छ,’ गौतमले भने, ‘अहिले उहाँ अस्पतालमै हुनुहुन्छ, डिटेल आइसकेको छैन।’

अर्का स्वकीय सचिव सुरेशकाजी श्रेष्ठका अनुसार गृहमन्त्री श्रेष्ठलाई मंगलबार दिउँसोदेखि नै असहज भएको थियो। छाती दुख्यो भनेपछि उपप्रधानमन्त्री श्रेष्ठलाई राति अस्पताल लगिएको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com