Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

केही घन्टा युद्ध विराम गाजामा हुने

असोज, २९ काठमाडौं । अमेरिका, इजरायल र इजिप्ट दक्षिणी गाजामा केही घन्टाका लागि युद्ध विराम गर्न तयार भएका छन् ।समाचार संस्था रोयटर्सका अनुसार युद्ध विरामको समयमा इजिप्टसँगको नाका खुल्ला गरिने छ ।

तर हमसाले भने युद्ध विरामका बारेमा आफूहरुलाई कुनै जानकारी नभएको बताएको रोयटर्सले नै बताएको छ । सीमा नाका खुल्ला गर्नका लागि अन्तर्राष्ट्रिय सहायता एजेन्सीले इजिप्टमाथि दबाव दिँदै आएका थिए ।

अमेरिकाले शनिबार मात्रै गाजामा रहेका आफ्ना नगरिकलाई सीमा नाका खुल्न लागेको भन्दै तयार रहन र सीमा नजिक जान निर्देशन दिएको थियो । नाका खुल्ला भएमा गाजामा रहेका अन्य देशको नागरिकता भएका व्यक्तिहरु निस्कन पाउने छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com