Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

धुम्बाराहीमा बस्यो कांग्रेस पदाधिकारी बैठक

असोज,४ काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक धुम्बाराहीमा बसेको छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज पदाधिकारी बैठक बसेको हो। कांग्रेसमा १३ जना पदाधिकारी छन्।
केन्द्रीय समिति बैठकका एजेन्डाबारे पदाधिकारी बैठकमा छलफल भएको हो। बिहान ९ बजेदेखि ११ बजेसम्म धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा मंसिरमा हुने महासमिति बैठक र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।

कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गरिने बताए। कांग्रेसले गत साउन २ देखि १० गतेसम्म चलेको केन्द्रीय समिति बैठक पनि कांग्रेसको फेसबुक पेजबाट लाइभ गरेको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com