Yeti Khabar

२०८१ जेष्ठ १०, बिहीबार - Thu May, 2024 -

मुम्बईमा गुडिरहेको रेलभित्र गोली चल्यो, ४ जनाको मृत्यु

भारतको मुम्बईमा सोमबार बिहान गुडिरहेको रेलभित्र गोली चल्दा चार जनाको मृत्यु भएको छ।

टाइम्स अफ इन्डियाका अनुसार राजस्थानको राजधानी जयपुरबाट मुम्बई गइरहेको उक्त रेलमा सोमबार बिहान स्थानीय समयअनुसार साढे ५ बजेतिर गोली चलेको हो।

मुम्बईको भायन्दर र मीरा रोड स्टेशनको बीचमा रेल गुडिरहेका बेला गोली चलेको हो।

रेलवे प्रोटेक्सन फोर्सका एक सुरक्षाकर्मीले आफूसँग भएको हतियारले गोली चलाएका हुन्। उनको गोली लागेर फोर्सका एक जना असई, दुई जना यात्रु र एक जना रेलमा काम गर्ने मानिसको मृत्यु भएको छ।

ती सुरक्षाकर्मीले किन गोली चलाए भन्ने खुलिसकेको छैन। प्रारम्भिक अनुसन्धान प्रहरीले उनको मानसिक स्वास्थ्यमा समस्या रहेको देखिएको बताएको छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com