Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

हत्या र बलात्कार गर्ने युवकलाई जन्मकैदको फैसला

120Shares

चालीस वर्षीया महिलाको हत्या र बलात्कार गर्ने एक युवालाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला गरेको छ।

बागलुङ नगरपालिका–१ रामरेखा माझीबस्तीकी फूलमाया माझीको हत्यापश्चात् बलात्कार गरी गरगहनासमेत लुटपाट गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका २६ वर्षीय प्रकाश अधिकारीलाई जिल्ला अदालतले जन्मकैद सुनाएको हो।

प्रकाशले फूलमायालाई सलको पासो लगाएर हत्या गरेपछि बलात्कार गरी गरगहना लुटेका थिए।

जिल्ला न्यायाधीश दिवाकर भट्टको सोमबारको इजलासले जन्मकैद फैसला गरेको इजलास अधिकृत गंगाधर सापकोटाले जानकारी दिए।

२०७९ असोज ३० गते बिहान घरबाट मजदुरी गर्न निस्किएकी फूलमाया सोही साँझ बागलुङ नगरपालिका–१ स्थित गणेश घुम्तीमा मृत फेला परेकी थिइन्।

अनुसन्धानका क्रममा सिसीटिभी क्यामरा फुटेजलाई आधार मान्दा शंकास्पद देखिएपछि प्रहरीले कात्तिक ४ गते मृतक फूलमायाकै छिमेकी प्रकाशलाई पक्राउ गरेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अधिकारीले लुटपाटका लागि फूलमायाको हत्या गरे पनि हत्यापछि आवेगमा बलात्कारसमेत गरेको स्वीकार गरेका थिए।

प्रहरीले २०७९ कात्तिक २९ गते जिल्ला अदालत बागलुङमा कर्तव्य ज्यान, जबरजस्ती करणी र डाँका चोरी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com