Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका मदन राई पक्राउ

बैशाख,२९ काठमाडौं । बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शुभद्रा मदन फाउन्डेसन (शुभम)का सञ्चालक मदन राई पक्राउ परेका छन् ।
बालिकाहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको घटना बाहिरिएसँगै आज प्रहरीले उनलाइ प्रकाउ गरेको छ ।

राईलाई खोटाङस्थित शुभद्रा मदन फाउन्डेसनबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी मञ्जिल मुकारुङले बताए । राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङकै हिसारतमा राखिएको डीएसपी मुकारुङले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ ।

फाउन्डेसनका संस्थापकसमेत रहेका ७५ वर्षीय राईले किशोरी तथा बालिकाका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने र नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको पीडित किशोरीहरूले बताएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com