Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

दुबईकाे एक आवासीय भवनमा आगलागी हुँदा ४ भारतीयसहित १६ जनाको ज्यान गयो, ९ घाइते

यूएईकाे दुबईमा एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको ज्यान गएको छ । यस्तै ९ जना घाइते भएका छन् । एआई आरएस क्षेत्रमा रहेको भवनमा शनिबार दिउँसो आगलागी भएको थियो । 

ज्यान गुमाउनेमध्ये चार जना भारतीय नागरिक रहेको पुष्टि भइसकेको दुबई प्रहरीमा आबद्ध  भारतीय नागरिक नसीर भतनाप्पलीले बताएको गल्फ न्युजले लेखेको छ । यस्तै ज्यान गुमाउनेमा तीन पाकिस्तानी र केही नाइजेरियाका नागरिक रहेका छन् । केहीको अझै परिचय खुल्न सकेको छैन । 

भवन सुरक्षा व्यवस्थामा लापरबाहीका कारण आगलागी भएको बताएको छ । भवनमा आगलागी भएको जानकारी पाएको ६ मिनेटमै सुरक्षा टोली घटनास्थलमा पुगेको थियो । साढे १२ बजे लागेको आगो पौने तिनबजेभित्र नियन्त्रणमा आइसेको थियो ।एजेन्सी
 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com