Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

माओवादीको सचेतकमा रूपा सोशी चौधरी चयन

नेकपा (माओवादी केन्द्र) को सचेतकमा सांसद रुपा सोशी चौधरी चयन भएकी छन्। 

सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले उनलाई सचेतकमा चयन गर्ने निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए। 

चौधरी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी थिइन्। 

उनी कैलालीबाट प्रतिनिधित्व गर्छिन्। माओवादीले यसअघि मुख्य सचेतकमा हितराज पाण्डेलाई चयन गरिसकेको छ ।
 
बैठकले संसद्मा सशक्त ढङ्गबाट प्रस्तुत हुने तथा सदनमा प्रस्तुत हुने विधेयकमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको सांसद सापकोटाले जानकारी दिए। 
 
सरकारले सदनमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटका सन्दर्भमा सक्रियतापूर्वक लाग्ने निर्णयसमेत बैठकले गरेको छ। 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालव ‘प्रचण्ड’ ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुङ्गोमा पुर्‍याउन दलहरूसँग भएका छलफलका बारेमा ‘ब्रिफिङ’ गराएका थिए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com