Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

कतारमा हुने दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालको सहभागिता

कतारको दोहामा हुन लागेको दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालले सहभागिता जनाउने भएको छ । कतारस्थित दोहा कन्भेन्सन केन्द्रमा भोलि चैत १ गतेदेखि चैत ५ गतेसम्म हुने प्रदर्शनीमा नेपालबाट नेपाल निर्यात व्यवसायी महासङ्घले भाग लिएको हो ।

उक्त प्रदर्शनमा भाग लिन महासङ्घका उपाध्यक्ष एवं मेला आयोजक समितिका संयोजक गोविन्द घिमिरेको नेतृत्वमा आज २१ निर्यात व्यवसायी कतार प्रस्थान गरेको महासङ्घका कार्यालय सचिव दिपेश घिमिरेले जानकारी दिए ।

उक्त प्रदर्शनीमा नेपालको तर्फबाट चिया, जडीबुटी हर्बल, अलैँची, अदुवा, डेरीका उत्पादन, तथा वस्तुगत सङ्घको प्रतिनिधित्व रहने घिमिरेले बताए । सोही प्रदर्शनीमा अल्टरनेटिभ हर्बल प्रोडक्टस् प्रालि, हिमालयन बायो ट्रेड, कञ्चनजङ्घा टिस्टेट, इलाम टी उत्पादन कम्पनी, जडीबुटी उत्पादन कम्पनी लिमिटेड, एभरेष्ट लार्ज कार्डमम उद्योगको सहभागिता रहनेछ ।

कतार नेपालको व्यावसायिक सम्बन्ध वैदेशिक रोजगार गन्तव्य देश मात्र नभई नेपालका मौलिक उत्पादनको पहिचान र प्रवर्द्धनका लागि कतार सरकार, नेपाल सरकार नेपाली राजदूतावास, निर्यात व्यवसायी महासङ्घको संयुक्त प्रयासमा ६ दिने मेलामा सहभागिता जनाएको हो । प्रदर्शनीमा नेपाल र कतारका व्यवसायीबीच बीटूबी मिटिङ र व्यावसायिक सम्झौता गरिने महासङ्घले जनाएको छ ।

कतार र नेपालको व्यावसायिक सम्बन्धमा उक्त प्रदर्शनी र दुई संस्थाबीच हुने सम्झौताले नेपालका मौलिक उत्पादन र निर्यात व्यापार प्रवर्द्धनमा थप सहयोग पुग्ने महासङ्घले विश्वास लिएको छ ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com